वेश्यालयबाट हिरोइन रंगेहात पक्राउ, प्रहरी नै आश्चर्य चकित
Advertisement

२०७२ जेठ २० गते  काठमाडौं । पैसाका लागि वेश्यावृति बन्नु पछिल्लो समय हिरोइनहरुका लागि पेसा नै बनेको छ । प्रहरीले बुधबार मात्रै एक हिरोइनलाई वेश्यालयबाटै रंगेहात पक्राउ गरेको छ ।

‘दबंग’ र ‘ओ माई गड’ जस्ता सफल चलचित्रमा काम गरिसकेकी बलिउडकी एक हिरोइन वेश्यालयबाट रंगेहात पक्राउ परेकी हुन् । दि टाइम्स अफ इण्डियाका अनुसार गोवा पुलिस र मुम्बई पुलिसले विशेष ‘अप्रेशन’बाट यौनधन्दामा संलग्न हिरोइनलाई बुधबार भारतको गोवाबाट रंगेहात पक्राउ गरेको हो । गोवामा चलिरहेको वेश्यावृतिको भण्डाफोर गर्न त्यहाँको प्रहरीले मुम्बई प्रहरीसँग मिलेर विशेष ‘अप्रेशन’ सञ्चालन गरेको थियो । केही दिन अगाडि अप्रेशनमा वेश्यावृतिको भण्डाफोर गर्न प्रहरीले आफ्नो एक जवानलाई ग्राहक बनाएर खटाएको थियो । ग्राहक बनेर प्रहरी जवानले वेश्यालय सञ्चालिका बताउने एक महिलासँग ‘बार्गेनिङ’ गरे । ‘बार्गेनिङ’मा कुरा मिलेपछि ३ लाख रुपैयाँमा सम्झौता भयो । मिति पनि पक्का भयो । वेश्यालय सञ्चालिका बताउने ती महिलाले गोवाको एक होटलमा कोठा भाडामा लिईन् । वेश्यालय सञ्चालिका बताउने ती महिलाले प्रहरी जवानसँग डेढ लाख रुपैयाँ एडभान्स पनि लिईन् । ग्राहक बनेका प्रहरी जवान वेश्याको पर्खाईमा बसे, ताकि सबूत प्रमाणका साथ वेश्यालाई पक्राउ गर्नु सकियोस । त्यसपछि मुम्बई पुलिस र गोवा पुलिसले त्यहाँको स्‍थानीय पुलिसलाई घटनाको पुरै जानकारी दिँदै कारवाही प्रक्रिया अगाडि बढाएको थियो । घटनाको जानकारीपछि प्रहरी एक एनजीओको टीमसँग पहिले तय भएको मिटिङका लागि होटल पुग्यो । तर त्यहाँको अवस्था देखेर प्रहरी अचम्म प¥यो । त्यहाँ एक बलिउडकी सफल चलचित्रमा अभिनय गरिसकेकी हिरोइन ग्राहकसँग आपत्तिजनक अवस्थामा फेला परिन् । ग्राहकको साथबाट रंगेहात पक्राउ परेकी हिरोइनले आफूले फिल्ममा काम नपाएकाले वेश्यावृतिमा लागेको वयान दिएकी छिन् । उनलाई अहिले प्रहरीको सेभ हाउसमा राखिएको छ । वेश्यावृति सञ्चालिका सहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वेश्यालयका प्रमुख सञ्चालक अर्कै व्यक्ति भएको खुल्न खाएको छ । यस विषयमा गोवा प्रहरीले थप अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...