.गर्लफ्रेण्डले धोका दिएपछि युवकले कार देखि आइफोन सम्म आधा काटेर फिर्ता (फोटो फिचर)
Advertisement

आफ्नो प्रेमिकाले धोका दिएपछि एक प्रेमीले यस्तो कृत्य गरे की सुन्दा पनि अनौठो लाग्छ । गर्लफ्रेण्डले धोका दिएर गएपछि ती व्यक्तिले आफ्नी धोकेबाज प्रेमिकालाई सबै चिज आधा मात्र फिर्ता गर्ने निधो गरे जो उनीहरुले पहिले मिलेर किनेका थिए ।
ती जर्मन युवकले आफ्नी भुपु प्रेमिकासँग मिलेर किनेका सबै सामानहरु आफुले नै राख्न चाहेनन्, न त सबै उनलाई फिर्ता गर्न चाहे । उनले भुपु प्रेमिकालाई सँगोलमा किनेका सामानहरुको आधा हिस्सा मात्र दिने फैसला गरे ।
त्यसपछि उनले सँगोलमा किनेका सामानहरु आधा-आधा गर्न सुरु गरे । यसका लागि उनले आफ्नो घरमा रहेका टिभी, आइफोन, ल्यापटप मात्र होइन कार समेत आराले काटेर आधा आधा बनाए । त्यसपछि सबै सामानको आधा भाग हुलाकमार्फत भुपु प्रेमिकाको घरमा पठाइदिए ।
half
आधा सामान धोकेबाज प्रेमिकालाई पठाएपछि आफ्नो घरमा बँचेका सबै आधा-आधा सामानलाई उनले अनलाइन खरीदबिक्री साइट इबेमा राखिदिए । त्यसका साथै उनले आफ्नी भुपु प्रेमिकाप्रति समर्पित गर्दै एउटा भिडियो यु ट्युबमा अपलोड पनि गरे जसमा उनले आफ्ना सरसामानहरु आधा आधा बनाउन काटिरहेका थिए । भिडियोमा क्याप्सन दिइएको छ ‘सुन्दर १२ वर्षका लागि तिमीलाई धन्यवाद, लाउरा । तिमीले साँच्चीकै आधा कमाएकी हौ ।’
इ बे मा बिक्रिमा राखिएका उनका सामानमध्ये अधिकांसको मूल्य १ डलर राखिएको छ । तर एप्पल म्याकबुकको आधा भागको मूल्य भने ९.५ युरो तोकिएको छ ।
)source taja-onlinesamachar

Advertisement



प्रतिक्रिया दिनुहोस्...