.मान्छेको कोखबाट कछुवा जन्मीएपछि… (हेर्नुहोस भिडियो सहित)
Advertisement

काठमाडौं । भारतको छत्तीसगढको केशकालमा एक गरिब परिवारमा एक अनौठो बच्चाको जन्म भएको छ । यो बच्चा मानिसहरुका लागि कौतुहलको विषय बनेको छ ।
यो बच्चा हेर्नेको भिड ब्यवस्थापन गर्न अस्पताललाई हम्मे हम्मे परिरहेको छ । चिकित्सकका अनुसार यो बच्चा मानव जातिको भन्दा विल्कुल फरक स्वरुपमा जन्मीएको छ ।हेर्दा कछुवा जस्तो देखिने यो बच्चाको जन्म पछि चिकित्सकहरु पनि अचम्ममा परेका थिए । सात महिनामै जन्मीएको यो बच्चाको शरीरको रंग पनि निलो छ ।बच्चाको शरीरको कुनै अंग विकसित नै भएको छैन भने कुनै अंग अस्वभाविक रुपमा विकसित भएको छ ।
बच्चाको अनुहार विकसित भएको छ भने कान विकसित भएको छैन । देख्दा लाग्छ यो बच्चा अन्य ग्रहबाट आएको हो ।चिकित्सकले यो बच्चा अन्य ग्रहबाट आएको एलियन पनि नभएको र कुनै भगवानको स्वरुप पनि नभएको बताएका छन् । यो बच्चा हरक्विलीन भन्ने रोगको विरामी परेको छ ।
लाखौंमा एकलाई हुने यो रोगको शिकार भएको यो बच्चाको थप उपचार भैरहेको छ । उनलाई थप उपचार र अनुसन्धानकालागि चिकित्सकले रायपुर लान सल्लाह दिएका छन् । तर, यस प्रकारको विरामीको उपचारको सम्भावना ज्यादै न्युन रहने चिकित्सकहरुको भनाई छ

Advertisement



प्रतिक्रिया दिनुहोस्...