एसएलसीको परीक्षाफल सार्वजनिक,बयो ४७.४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण, यसरी हेर्नुस् नतिजा
Advertisement

भक्तपुर, आषाढ ४ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।


नतिजाअनुसार यसपटक नियमिततर्फ ४७.४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १३.८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

२१ हजार २४७ जना परीक्षार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् भने ९० हजार १ सय ७६ जना प्रथम श्रेणीमा उत्र्तीण हुन सफल भएका छन् ।

७६ हजार ४ सय ८२ जना दोस्रो श्रेणी र ३ सय ६२ जना परीक्षार्थी तेस्रो श्रेणीमा उत्तीर्ण भएका छन् ।

एसएलसीमा यसवर्ष नियमिततर्फ कुल ४ लाख ५ हजार ३सय ३८ जना परीक्षार्थी सहभागी थिए भने एक्जाम्टेडतफ १ लाख ३६ हजार ५१ जना सहभागी थिए ।

यस वर्षको पुरक परीक्षाका लागि भने परीक्षा नियन्त्रण कार्यालयले श्रावण २० देखि २७ गतेसम्मको समय तोकेको छ । दुई विषयसम्म लागेका विद्यार्थीले पुरक परीक्षा दिन पाउने छन् ।
एसएलसीको परीक्षाफल १६०० मा फोन गरेर थाहा पाउन सकिनेछ । यस्तै, मोबाइलको ‘म्यासेज बक्स’मा गएर SLC लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखेपछि १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सकिने छ ।source taja  khabar




Advertisement



प्रतिक्रिया दिनुहोस्...