यती एयरलाइन्सको विमान उड्नासाथ आकाश मै इन्जिन बन्द
Advertisement
६ असार, काठमाडौं ।
धनगढीबाट काठमाडौंको लागि आज बिहान १०: ३० मा उडेको यति एयरलाइन्सको जहाज विमानमा समस्या देखिएपछि उडेको दुई मिनेटमै धनगढी विमानस्थालमा आकस्मिक अवतरण गरिएको छ ।
जहाजको बायाँ इन्जिन बन्द भएपछि चालक दलले विमानलाई धनगढी विमानस्थलमै फर्काएका थिए । जहाजमा रहेका सबै यात्रु सकुशल रहेको यति एयरलाइन्सले जनाएको छ ।
स्रोत : नेपाली हेडलाइन्स
Advertisement