अमिताभ र दीपिका बेस्ट
Advertisement

बलिउडमा सबैभन्दा उत्कृष्ट नायक, नायिका वा कलाकार को भन्नेमा बहस चलिरहन्छ। थुप्रै अवार्ड पनि वार्षिक भइरहन्छन्। मूलत: फिल्मको बक्सअफिसमा गर्ने कलेक्सनले कलाकारको पनि भाग्य निर्धारण गर्ने गर्छ। हालै फिल्मी म्यागाजिन फिल्मफेयरले एउटा सर्वेक्षण गरेको थियो– उत्कृष्टमध्येको सर्वोत्कृष्ट को भनेर। जसमा उत्कृष्ट नायिका बनिन्– दीपिका पादुकोण। फिल्मबाट एकपछि अर्को सफलता चढिरहेकी दीपिकाले मत सर्वेक्षणमा समेत आफ्ना चिरप्रतिद्वन्द्वी प्रियंका चोपडा, कंगना रनौत, विद्या वालन र करिना कपुर खानलाई धेरै पछाडि पारिन्।

झन्डै ४५ प्रतिशत मत ल्याएर बेस्ट एक्ट्रेस चुनिएकी दीपिकालाई पछ्याएकी प्रियंकाले जम्मा १९ प्रतिशत मत पाएकी थिइन्। त्यसपछि कंगना १५.५, विद्या ८.६ र करिना ५ प्रतिशतमा खुम्चिएका थिए। अचम्म त के भने, कट्रिना कैफ, श्रद्धा कपुर लगायत टप पाँचमा पनि अटाएनन्। नायकतर्फको सर्वोत्कृष्टको लागि अमिताभ बच्चनले सर्वाधिक मत पाए। अहिलेका नौजवान नायकहरूलाई पछि पार्दै ७२ वर्षीय अमिताभले सर्वोत्कृष्टको मत पाएका हुन्। २९ प्रतिशत मत पाएका अमिताभभन्दा शाहरूख खान सात प्रतिशतले कम रहे भने रणवीर कपुर १७ प्रतिशतमा तेस्रो रहे। जब कि रणवीर पछिल्लो समय एकपछि अर्को फ्लप फिल्म दिनेमा परिरहेका छन्। मतमा आमिर खान १३ प्रतिशत र सलमान खान १२ प्रतिशतमा उनीभन्दा पछि परेका छन्।
सर्वेक्षणकै अर्को भविष्यको महिला सुपरस्टार क्याटेगोरीमा आलिया भट्टले एकलौटी मत पाएकी छन्। उनले ७० प्रतिशत मत पाउँदा पाँचौं स्थानमा अटाएकी ज्याक्लिन फर्नान्डेजले मात्र २ प्रतिशत मतमा चित्त बुझाउनुपर्‍यो। दोस्रो स्थानमा आएकी परिणती चोपडाले पनि १४ प्रतिशत मात्रै पाइन् भने श्रद्धा कपुरले ९ र नरगिस फाख्रीले मात्र ३ प्रतिशत मत बटुले। २२ वर्षीया आलिया इन्स्टाग्राममा पनि भारतीय सेलिब्रेटीमा सर्वाधिक पपुलर छिन्। पुरुषतर्फको भविष्यको सुपरस्टारमा आलियासँगै फिल्म ‘स्टुडेन्ट अफ दि इयर’ बाट बलिउड डेब्यु गरेका वरुण धवन बने। उनले ३४ प्रतिशतभन्दा बढी मत पाएर अर्जुन कपुर, सिद्धार्थ मल्होत्रा, सुशान्तसिंह राजपुत र आयुश्मान खुरानालाई पछि पारेका हुन्। वरुणलाई ‘मे तेरा हिरो’, ‘हम्टी शर्माकी दुल्हनियाँ’ पछि ‘बदलापुर’ ले चकलेटी हिरोको इमेजबाट असल कलाकारका रूपमा समेत चिनाएको थियो भने यति बेला ‘एबीसीडी २’ ले पनि उनलाई चम्काउने काम गर्‍यो।
त्यसैगरी, फिल्मफेयरको वार्षिक सर्वेक्षणमा अझै पनि दर्शकहरूले शाहरूख खान र काजोलकै जोडीलाई सर्वाधिक रुचाएको पाइयो भने अफस्क्रिन जोडीमा करिना र सैफअलि खान पहिलो रोजाइमा आए। त्यसैगरी दीपिका सर्वाधिक कामुक नायिकामा समेत पहिलो स्थानमा आइन् भने पुरुषमा सिद्धार्थ मल्होत्रा देखिए।
सात वर्षको छोटो करिअरमै दीपिका बलिउडमा मात्रै नभई हलिउड फिल्ममेकरको आँखामा समेत परेकी छन्। उनलाई ‘फास्ट एन्ड फ्युरिअस’ को सातौं शृखंलाको मुख्य रोलका लागि समेत अफर गरिएको थियो। तर समय नमिलेपछि दीपिकाले उक्त प्रोजेक्ट नै गरिनन्। तर बलिउडमै पनि उनलाई पछिल्लो फिल्म ‘पिकु’ ले ठूलो सफलता दिलायो। सोही फिल्मका कोस्टार अमिताभ सर्वोत्कृष्ट अभिनेता बने। झन्डै १ सय ८० फिल्ममा अभिनय गरेर चार दशक बलिउडका लागि खर्चिसकेका अमिताभले तीन राष्ट्रिय अवार्डसमेत जितिसकेका छन्। अझै पनि उनी दीपिका पादुकोणजस्ता पछिल्ला छिमलका कलाकारसँग काम गर्दा पनि वृद्ध लाग्दैनन्।source:ekantipur

Advertisement



प्रतिक्रिया दिनुहोस्...