मध्यरातमा काठमाडौं बासिन्दा केहीलाई भूकम्पले यसरी झस्कायो
Advertisement
काठमाडौं, असार ७ । आइतबार मध्यरात काठमाडौं केन्द्रबिन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको पराकम्प गएको छ । बल्खु आसापास केन्द्र भएर राति १२ बजेर ३८ मिनेटमा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
४ रेक्टर भन्दा कमको पराकम्प भएकाले केन्द्रले आफ्नो वेवसाइटमा यसको रेकर्ड राखेको छैन । ४ रेक्टर भन्दा कमको पराकम्प भएपनि यसले बल्खु र कीर्तिपुर आसपासका बासिन्दालाई भने तर्साएको थियो ।
सुतिसकेका र सुत्ने तरखरमा रहेकालाई झस्काउनेगरी पराकम्प आउँदा त्यस क्षेत्रका केही मानिस घर बाहिर निस्केका थिए ।
तर काठमाडौंका अरु ठाउँमा भने धेरैले पराकम्प गएको थाहा पाएनन् । केन्द्रका अनुसार यो पराकम्पपछि पनि काठमाडौं नै केन्द्रबिन्दु भएर ससाना पराकम्पन गएको थियो ।
यसअघि आइतबार बेलुकी ७ बजेर २६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो । बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएपछि अहिलेसम्म ४ रेक्टर माथिका ३ सय २८ वटा परकम्प गएका छन् ।
ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक भएकाले नआत्तिन तर सतर्क भने हुन बिज्ञहरुले आग्रह गरेका छन् ।source npnewsline.
Advertisement