.ऐश्वर्या रायले जीवनमा गरेका ७ ठूला गल्ती
Advertisement

मुम्बई, २२ असार  – बलिउड चर्चित नायिका ऐश्वर्या रायको नाम संसारकै सफल विश्व सुन्दरी हुन । तर उनले आफ्नो फिल्मी करिएरमा निकै उतारचढावको सामना गर्नुपर्‍यो । ऐश्वर्याले केही यस्ता गलत निर्णयहरु गरिन् जसले गर्दा उनको करियरलाई हानी पुर्‍यायो । उनका केही गल्तीहरु यस्ता छन् ।


१.सन् १९९६ मा रिलिज भएको फिल्म ‘राजा हिन्दुस्तानी’ मा मुख्य भूमिकाका लागि ऐश्वर्या पहिलो रोजाईमा थिइन् । तर ऐश्वर्याले यो अवसर छोडेपनि करिश्मा कपुरले यो रोल पाईन र फिल्म पनि सुपरहिट भयो ।

२.सन् १९९८ को सुपरहिट फिल्म ‘कुछ कुछ होता है’ मा रानी मुखर्जीलाई दिनपहिले ऐश्वर्यालाई दिइएको थियो। तर उनले अस्वीकार गरिन् ।

३. फिल्म ‘अशोका’ मा करिनाको भूमिकालाई धेरै मन पराएका थिए । तर सबैभन्दा पहिले यो भूमिकाको लागि पनि ऐश्वर्यालाई छानिएको थियो ।

४. २००३ मा रिलिज भएको फिल्म ‘मुन्नाभाई’ मा शाहरुख खान र ऐश्वर्यालाई रोजिएपनि उनीहरुले फिल्म खेलेनन् । तर यो फिल्मले बलियडमा ‘बेस्ट कमेडी’ फिल्मको रुपमा स्थान बनायो ।

५. सन् २००६ मा रिलिज भएको फिल्म ‘कर्पोरेट’ का लागि मुख्य भूमिकामा साईन गर्ने चर्चा थियो । तर पछि यो भूमिकामा बिपासालाई ल्याइएको थियो ।

६. फिल्म ‘भुल भुलैया’ मा विद्या बालनको स्थानमा ऐश्वर्या निर्देशकको पहिलो रोजाईमा थिइन् । तर ऐश्वर्याले यो भूमिकालाई अस्वीकार गरिन् ।

७. फिल्म ‘बदलपुर’ का लागि ऐश्वर्यालाई अफर गरिएको थियो । ऐश्वर्यालाई पनि यो फिल्मको स्क्रिप्ट मन परेको थियो । तर उनले यस फिल्मलाई छोडेर संजय गुप्ताको ‘जब्बा’ मा काम गरिन् ।sobarurce taja kha



Advertisement



प्रतिक्रिया दिनुहोस्...