.फेरी अर्को सनसनीपूर्ण खुलासा नायिका नै करोडौं ठगीको मुद्दामा पक्राउ परेपछि…हेर्नुहोस
Advertisement
एजेन्सी–बलिउडको फिल्म ‘मद्रास क्याफे’की नायिका लिना मारिया पाल ठगी मुद्दामा पक्राउ परेकी छन् ।उनका साथमा उनका केटासाथी पनि पक्राउ परेका छन् । उनीहरु दुवैजना मिलेर १० करोड भन्दा बढी ठगी गरेको प्रहरीले बताएको छ ।
केरलामा जन्मेकी लिना साउथ फिल्मकी चर्चित नायिका मानिन्छिन् ।उनीहरु दुइजना मिलेर छोटो समयमै १० गुणभन्दा बढी फैसा फिर्ता दिने भन्दै एक लगानी कम्पनी खोलेर ठगी गरेको आरोप छ । पैसा फिर्ता गर्ने बेलामा उनीहरु सम्पर्कमा नआएपछि मात्र घटना सार्वजनिक भएको हो ।
उनीहरुका साथबाट प्रहरीले सयौं विदेशी महँगा घडीका साथमा ७ वटा गाडी पनि बरामद गरेको छ ।यो जोडी पहिला पनि तामिलनाडुमा उक बै.कमा १९ करोड ठगी गरेको आरोपमा पक्राउ परेको थियो ।source taja khabar

Advertisement


