मन्त्रीले होइन मिडियाले महिला हिंसा गरेः मुलपानीका महिला
Advertisement
बिहिबार कृषि विभागमा भएको पत्रकार सम्मेलनमा मुलपानीकी सानु केसी हतास मुद्रामा देखिन्थिन्। असार १५ गते धान दिवसको अवसरमा आयोजित रोपाईं कार्यक्रम कृषि मन्त्री हरिप्रसाद पराजुलीले दुव्यर्वहार गरेको भनिएको फोटोमा उनी देखिन्छन्। त्यही फोटो अनलाइन पत्रिका र सामाजिक सञ्जालमा भाइरल बनेपछि उनलाई तनाव थपिएको छ।
पत्रकार सम्मेलनमा काठमाडौं, भक्तपुर ललितपुरका महिलाहरु उपस्थित थिए। उनीहरु सबैले कार्यक्रममा मन्त्री पराजुलीले दुर्व्यवहार नगरेको तर मिडियाले अनर्गल प्रचार गरेको बताए। मनोहरा मिश्रित कृषक समूहकी सदस्य सीता ढकालले मिडियाको हर्कत देखेर दुःख लागेको बताइन्। ‘समाचारमा आएको फोटो र भिडियोले हाम्रै चरित्र हत्या गरेको देखिएको छ। विदेश बस्ने छोरा नातिले फोन गरेर सोध्छन्, हामीले के उत्तर दिने?‘ उनले भनिन्।
कार्यक्रममा मन्त्रीले कुनै दुर्व्यव्यवहार नगरेको तर पत्रकारहरु कुनै राजनीतिक स्वार्थका पछि लागेर मूलपानीलaाई राष्ट्रिय स्तरमा बेइज्जत गरको धेरैको गुनासो छ। मन्त्रीले महिला हिंसा गरेको भन्दै विरोध गर्नेहरुले आफूसँग कुनै समन्वय नगरेको उनीहरुले बताए। ‘महिला हिंसा भयो भन्नेहरुले डलरको खेति गरिरहनु भएको छ‘ भक्तपुरकी जयन्ती बुढाथोकीले भनिन्।source taja khabar

Advertisement



