.कृषिमन्त्री पराजुलीले राजिनामा दिए...
Advertisement

१७ असार, काठमाडौं ।

असार १५ को रोपाईमा जाँदा महिलामाथि अश्लिल हर्कत गरेपछि विवादमा आएका कृषिमन्त्री हरिप्रसाद पराजुलीले राजीनामा दिएका छन ।


पराजुलीले बिहिबार बिहान पार्टीका अध्यक्ष केपी ओलीको निवासमा पुगेर राजिनामा दिएको थाहा भएको छ ।
कृषिमन्त्रीको हर्कत पछि पार्टीबाट नै उनको बिरोध भएको थियो ।
एमालेको आफ्नो भातृ संगठन र केही केन्द्रीय नेताहरुले समेत मन्त्री पराजुलीको सार्वजनिक आलोचना गरेपछि पार्टी नेतृत्वमाथि उनलाई राजीनामा गराउन दबाब परेको थियो ।
पराजुलीको विरोधमा आज सरस्वती क्याम्पसमा विद्यार्थीहरुले पुत्ला दहन समेत गरेका छन ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...